९ मंसिर २०८१, आईतवार
एजेन्सीः ट्रम्पको कार्यकालमा अमेरिकालाई अर्बको व्यापार घाटा भएको अमेरिकी सेन्सस ब्युरोले जनाएको छ ।
ट्रम्पले कार्यकाल सुरु गरे यताको समयमा अमेरिकी व्यापारघाटामा १ सय अर्ब डलरको भन्दा बढीले वृद्धि भएको हो । ट्रम्पको दुईवर्षे अमेरिका फस्ट नीतिका बाबजुद अमेरिकाले निर्यात गर्ने वस्तु र सेवाको तुलनामा आयात बढी गरेको पाइएको छ ।
ट्रम्पले २ सय अर्ब डलरका चिनियाँ सामग्रीमा भन्सार लगाएका छन् । यसका साथै धेरैजसो विदेशी स्टिल र आल्मुनियम, सौर्य प्यानल र वासिङ मेसिनको आयातमा पनि भन्सार लगाएका छन् ।
धेरैजसो भन्सार वर्षको दोस्रो वार्षिक अवधिमा कार्यान्वयनमा आएको थियो ।
डिसेम्बरमा सामानतर्फको घाटा ९ अर्बले वृद्धि भएको छ । धेरैजसो कम्पनीले मौज्दातको सामग्री किन्ने हतार गरेकाले डिसेम्बरमा चीनसँगको व्यापार घाटामा ३ अर्ब डलरभन्दा बढीको वृद्धि भएको छ ।