९ मंसिर २०८१, आईतवार
एयर इथियोपियाको विमान दुर्घटना भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बिहान ८ः४४ को समयमा उक्त विमान दुर्घटना भएको पुष्टि भएको छ ।
उक्त विमानमा १४९ यात्रु र ८ जना चालक दलका सदस्यसहित १५७ जना सवार रहेको बताइएको छ । घटनाको पुष्टि भएसँगै इथियोपियाका प्रधानमन्त्रीले विमान दुर्घटनामा परेका व्यक्तिका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । इथियोपियाको आदिस अबासाबाट केन्याको नाइरोबी उडेको थियो ।