९ मंसिर २०८१, आईतवार
सिंगापुरको नागरिक उड्यान प्राधिकरणले बोइङ ७३७ को उडान अस्थायी रुपमा मंगलबार स्थगित गरेको छ ।
इथियोपियन एयरलाइन्सको सोही ब्रान्डको विमान गएको आइतबार दुर्घटनामा परेपछि उक्त ब्रान्डका विमान प्रयोगमा धमाधम रोक लाग्न थालेको हो ।
यसअघि चीन, इथियोपिया लगायतका स्थानमा पनि सो विमान चलाउन रोक लगाइसकिएको छ । सो ब्रान्डका विमानलाई सिंगापुरभित्र र बाहिर जान समेत सिंगापुरले रोक लगाएको बीबीसीले जनाएको छ ।