९ मंसिर २०८१, आईतवार
एजेन्सी । नाटकीय रुपमा जित निकाल्दै नाइजेरिया पहिलो पटक आईसीसी यु–१९ विश्वकप क्रिकेटका लागि छनोट भएको छ । सिरियालियोनमाथि २ विकेटको जित निकाल्दै नाइजेरिया पहिलो पटक विश्वकप क्रिकेटका लागि छनोट भएको हो ।
१ सय ३९ रनको लक्ष्य पछ्याएको सिरियालियोन १ सय ३८ रनमा अलआउट भएपछि नाइजेरियाले ऐतिहासिक उपलब्धी हासिल गरेको हो । यसअघि ब्याटिङ गरेको नाइजेरियाले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १ सय ३८ रन बनाएको थियो ।
नामिबियामा सम्पन्न अफ्रिका छनोटमा नाइजेरियाले पाँच खेलमा जित निकाल्यो । १० अंकसहित नाइजेरियाले २०२० मा दक्षिण अफ्रिकामा हुने विश्वकपको टिकट काटेको हो । छनोटमा नाइजेरियाले घरेलु टोली नामिबिया, केन्या, युगाण्डा, सिरियालियोन, तान्जानिया माथि जित निकालेको हो ।