मोदीले जम्मु कास्मिरबाट चुनावी प्रचार अभियान सुरू गर्दै

होमल्याण्ड खबर

२०७५ चैत्र १४ गते, बिहीबार ११:१९ मा प्रकाशित

एजेन्‍सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार जम्मु काश्मिरबाट निर्वाचन अभियानको शुरुवात गर्ने कार्यक्रम छ ।

जम्मु काश्मिरमा हुने चुनावी सभालाई उनले बिहीबार सम्बोधन गर्ने कार्यक्रम रहेको भारतीय जनता पार्टी (भाजपा) ले जनाएको छ ।

‘प्रधानमन्त्री मोदीले बिहीबारदेखि चुनाव प्रचार अभियान सुरू गर्नुहुनेछ, र अभियानका लागि उहाँ जम्मु काश्मिरमा आउने कार्यक्रम रहेको छ,’ भाजपा महासचिवको भनाइ उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरू लेखेका छन् ।

भाजपाले सन् २०१४ मा भएको निर्वाचनमा जम्मु, उदामपुर र लाडाख गरी ३ सिटमा जित हासिल गरेको थियो ।

अहिले जम्मु र काश्मिरमा लोक सभा निर्वाचनका लागि पाँच चरणमा मतदान हुन लागेको छ ।

त्यहाँ अप्रिल ११ बाट मतदान सुरू भई अप्रिल १८, २३, २९ र मे ६ का दिन मतदान हुने छ ।

केही क्षेत्रीय पार्टीहरूले भने नगरपालिका र पञ्चायत निर्वाचन बहिस्कारको घोषणा गरेका छन् ।

तल्लो तहबाट नेता छनोट गर्ने प्रक्रिया मन नपराएर क्षेत्रीय पार्टीहरूले निर्वाचन बहिष्कार घोषणा गरेको प्रतिक्रिया भाजपाले दिएको छ ।