अल्जेरियाका राष्ट्रपतिले दिए राजीनामा

होमल्याण्ड खबर

२०७५ चैत्र २० गते, बुधबार १६:२६ मा प्रकाशित

अल्जेरियाका राष्ट्रपति अब्देलाजीज बोतेफ्लिकाले राजीनामा दिएका छन् ।

अल्जेरियामा हप्तौं चलेका ठूला प्रदर्शनहरूपछि ८२ वर्षे राष्ट्रपति बोतेफ्लिकाले राजीनामा दिएको त्यहाँको सरकारी समाचार संस्थाले जनाएको छ ।

राष्ट्रपतिको घोषणालगत्तै राजधानी अल्जियर्सका मुख्य चोक र सडकमा मानिसहरु देशको झण्डासहित ठूलो संख्यामा भेला भएर मानिसहरु भेला भएर खुशीयाली मनाएका थिए ।

टेलिभिजन फुटेजमा राष्ट्रपति बोतेफ्लिकाले आफ्नो राजीनामा संवैधानिक परिषदका प्रमुख तायिब बेलाइजलाई बुझाएको देखाइएको थियो ।

अशक्तताका कारण सार्वजनिक समारोहमा समेत उपस्थित हुन छाड्नु भएका ८२ वर्षीय राष्ट्रपति बोतेफ्लिकाले राजीनामा गर्नुपर्ने माग गर्दै केही समयदेखि देशव्यापी विरोध प्रदर्शन समेत भएका थिए ।