९ मंसिर २०८१, आईतवार
भारतको दक्षिणी क्षेत्रमा एक किशोरले पब्जी खेल खेल्न नपाउँदा आत्महत्या गरेका छन् ।
भारतको हैदराबादमा १० कक्षामा अध्यनरत एक किशोरले पब्जीकै कारण आत्महत्या गरेको भन्दै भारतीय संचार माध्यमहरुले समाचार सम्प्रेषण गरेका छन् ।
भारतीय सञ्चारमाध्यमले जनाएअनुसार मृतक किशोरले अंग्रेजी परीक्षाको तयारी गर्न छोडेर पब्जी खेलेर समय बर्बाद गरिरहेका भनेर उनकी आमाले गाली गरेकी थिइन् । आमाले गाली गरेपछि ती किशोरले तौलियाको पासो बनाएर पंखामा झुन्डिएर आत्महत्या गरेका हुन् ।
पब्जीको लतकै कारण आफ्नो छोराले आत्महत्या गरेको भन्दै किशोरका पिताले प्लेयर अननोन्स ब्याटल ग्राउण्ड्स (पब्जी) प्रतिबन्ध लगाउन माग गरेका छन् ।