सगरमाथामा फोहोर थुप्रियोः चीनले शौचालय बनाउँदै

होमल्याण्ड खबर

२०७६ बैशाख २ गते, सोमबार १६:०० मा प्रकाशित

एजेन्सीः विश्वकै सर्वोच्च शिखर सगरमाथामा फोहोरको समस्या भएपछि चीनले शौचालय बनाउने भएको छ ।
सगरमाथामा बढ्दै गएको फोहोरको समस्यासँग जुझ्नका लागि चीनको विशेष पहलमा अब चाँडै नै वातावरणमैत्री शौचालय बन्नाउने भएको हो ।

सगरमाथामा विगत कैयौं दशकदेखि व्यापारिक पर्वतारोहण बढ्दै गइरहेको छ । यसले गर्दा सगरमाथामा पनि फोहोरको डुंगुर जम्मा हुन थालेको छ । तर, ठूलो धनराशि खर्च गरेर सगरमाथा चढ्न आउने पर्वतारोहीले यो समस्यामा ध्यान दिँदैनन् । सोही कारण पर्यावरण अनुकूल बनाइने यो शौचालय सगरमाथाको ७ हजार २८ मिटरको उचाइस्थित एक चिनियाँ शिविरमा हुनेछ ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार पर्वतारोहणको विद्यमान सिजनमा चीनको एक कम्पनीले तिब्ब्तका तर्फबाट सगरमाथामा वातावरणमैत्री शौचौचालय उपलब्ध गराउने भएको छ ।

तिब्बती पर्वतारोहण एसोसिएसनका उपमहासचिव पेमा टिनलीले भनेका छन्, “यो शौचालयमा मानव शौच जम्मा गरिनेछ र पर्वतको तल ल्याइनेछ । यो अस्थायी शौचालयलाई सिजन समाप्त भएलगत्तै हटाइनेछ ।