९ मंसिर २०८१, आईतवार
भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले शीर्ष स्थानको चेन्नई सुपर किङ्सलाई पराजित गरेको छ ।
राजिब गान्धी क्रिकेट स्टेडियममा बुधबार राति भएको खेलमा हैदरावादले चेन्नईलाई ६ विकेटले पराजित गरेको हो ।
चेन्नईले दिएको १३३ रनको सामान्य लक्ष्य घरेलु टोली हैदरावादले १६ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।
हैदरावादका लागि जोनी बैयर्स्टोले अविजित ६१, डेभिड वार्नरले ५०, कप्तान केन विलियम्सनले ३, विजय शंकरले ७ र दिपक हुड्डाले १३ रन बनाए ।
चेन्नईका लागि ईमरान ताहिरले २, दिपक चाहर र करन शर्माले समान १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १३२ रन बनाएको थियो ।
चेन्नईका लागि फाफ डु प्लेसिसले ४५, सेन वाट्सनले ३१, सुरेश रैनाले १३, रविन्द्र जडेजाले अविजित १०, आम्बाती रायुडुले अविजित २५, र केदार जाधवले १ रन बनाए ।
हैदरावादका लागि राशिद खानले २, सहवाज नदीम, खलिल अहमद र विजय शंकरले समान एक विकेट लिए ।
जितसँगै हैदरावाद ८ खेलमा समान ४ मा जित र ४ मा हारका साथ ८ अंक जोड्दै अंक तालिकामा पाँचौ स्थानमा उक्लिएको छ । चेन्नई ९ खेलमा ७ मा जित र २ मा हारका साथ १४ अंक जोड्दै शीर्ष स्थानमा कायमै छ ।