९ मंसिर २०८१, आईतवार
एजेन्सीः पोर्चुगलको मडेइरामा बस दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरु सबै जर्मनी पर्यटकहरु भएको खुल्न आएको छ । मृत्यु भएकामध्ये १७ जना महिला र ११ जना पुरुष रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।
सो दुर्घटना भएको खवर जर्मन सरकारका प्रवक्ताले ट्वीट गरेका छन् । उनले घटनामा परी मृत्यु भएकाहरुको आत्माको चिरशान्तिको कामना गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
घटनामा परी अरु २१ जना घाइते भएका छन् भने केही घाइतेको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।
घटनाप्रति पोर्चुगलका राष्ट्रपति र प्रधानमन्त्रीले पनि दुःख व्यक्त गरेका छन् । राष्ट्रपति मार्सेलो रोबेलो डी सौसाले पोर्चुगाली टेलिभिजनमा बोल्दै घटनाका पीडितहरुको साथमा आफू रहेको बताएका छन् । टेलिभिजनहरुले सडकको छेउमा बस पल्टिएका दृश्यहरु देखाएका छन् ।