९ मंसिर २०८१, आईतवार
श्रीलंकामा गएको आइतबार भएको बम विस्फोटका क्रममा मृत्यु हुनेको संख्या ३५९ पुगेको छ । सो सम्बन्धी जानकारी श्रीलंकाको प्रहरीले बुधबार सार्वजनिक गरेको हो । घटनामा करिब ५०० जना घाइते भएको बताइएको छ ।
श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले सुरक्षा फौजका प्रमुखलाई २४ घण्टा भित्रमा कारवाही गर्ने मंगलबार अबेर घोषणा गरेका छन् । उनले त्यस खालको खतराको पूर्व जानकारी सहितको गुप्तचर रिपोर्ट आफूलाई समेत शेयर नगरिएको बताएका छन् । उनले अधिकारीहरु विरुद्ध कडा कदम चाल्ने जनाएका हुन् ।
प्रधानमन्त्री रणिल विक्रमसिंघेले सो घटनामा इश्लामिक स्टेटको हात हुन सक्ने जनाएका छन् । उनले आइतबारको घटना विदेशबाट आतंककारीको सहयोग बिना सम्भव नहुने समेत उल्लेख गरे । इश्लामिक स्टेटले आइतबारको घटना आफूले गराएको दाबी गरेपनि प्रमाण दिन सकेको छैन । राष्ट्रपति सिरिसेनाले आगामी हप्ता भित्रमा प्रहरी र सुरक्षा निकायमा आमूल रुपमा पुनःसंरचना गर्ने जनाएका छन् ।