९ मंसिर २०८१, आईतवार
श्रीलंकामा फेरी बम बिस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।
श्रीलंकाको राजधानी कोलम्बोबाट पूर्वतर्फको बाहिरी इलाकामा बिहीबार भएको यस बम आक्रमणबाट मानवीय क्षतीबारे भने केही खबर प्राप्त नभएको पनि प्रहरीले बताएको छ ।
गत आइतबार तीन वटा पाँचतारे होटल र तीन वटा चर्चमा भएका शृङ्खलाबद्ध बम बिस्फोटमा मृत्यु हुनेको संख्या ३६० जना पुगेको छ ।
मृत्यु हुनेमा भारतीय, अमेरिकी, बेलायती, जापानीसमेतका ३७ जना विदेशी नागरिक रहेको श्रीलंकाको विदेश मन्त्रालयले जनाएको छ । बिस्फोटबाट करिब ५०० व्यक्ति घाइते भएका छन् । उपचार गराइरहेका घाइतेमध्ये अझै केही व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालहरुले जनाएका छन् ।