९ मंसिर २०८१, आईतवार
नेपाल र चीनबीच यातायात र पारवहनसम्बन्धी प्रोटोकल कार्यान्वयनमा सम्झौता भएको समाचार आजको कान्तिपुरले पहिलो पृष्ठमा छापेको छ ।
समाचारमा लेखिएको छ, राष्ट्रपति विद्यादेवी भण्डारीको राजकीय चीन भ्रमणका क्रममा भएको सम्झौतामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चीनका यातायात मन्त्री ली स्याउफङले हस्ताक्षर गरेका छन् ।
प्रोटोकलमा हस्ताक्षर भएसँगै नेपालले चीनका समुद्री बन्दरगाह प्रयोग गर्न पाउने बाटो खुलेको छ । अहिलेसम्म समुद्री पहुँचमा नेपाल भारतनिर्भर रहँदै आएको छ ।
चार वर्षअघि दक्षिणी छिमेकी भारतले नाकाबन्दी थोपरेपछि नेपालले उत्तरी छिमेकीसँग नाका खोल्न पहल गरेको थियो ।
नेपालले ढिला गरी तयार गरेको प्रोटोकलमा हस्ताक्षर भएको हो ।