अन्तर्राष्ट्रिय कराँतेमा नेपाली विजेता

होमल्याण्ड खबर

२०७६ बैशाख २४ गते, मंगलवार ११:२५ मा प्रकाशित

१६ औं ओकेनवा गजुरियो कराँते खुल्ला प्रतियोगितामा सहभागी नेपाली खेलाडीले पाँच स्वर्ण सहित आठ पदक जितेका छन् ।

मलेसियामा सम्पन्न इन्द्रमुलिया स्टेडियममा नेपाल रेन्बुकाई कराँतेका सात जना खेलाडीहरुले विभिन्न तौलमा प्रतिस्पर्धा गरेका थिए ।

स्वर्ण पदक विजेताहरु ईश्वर विक, युजिन गुरुङ, समुद्र सिंह राना, सविन श्रेष्ठ र कमल चौधरी रहेको नेपाल रेन्बुकाई करांते संघले जानकारी दिएको छ ।

भारत, मलेसिया, सिंगापुर, जर्मनी, इण्डोनेसिया, पाकिस्तान, दुवईलगायत १६ राष्ट्रका करीब १ हजार बढी खेलाडी सहभागी थिए ।

विजयी खेलाडिलाई मलेसियाको स्पेयर्कका युवा तथा खेलकुद मन्त्री यब इन्सिक लि चाउन होनले प्रमाण पत्र तथा पदक हस्तान्तरण गरेका थिए ।