हैदरावादलाई २ विकेटले हराउँदै दिल्ली आइपीएलको क्वालिफायर्समा

होमल्याण्ड खबर

२०७६ बैशाख २६ गते, बिहीबार १०:४७ मा प्रकाशित

एजेन्सी, दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग आइपीएलको फाइनल नजिक पुगेको छ । एलिमिनेटर खेलमा दिल्लीले सनराइजर्स हैदरावादलाई २ विकेटले हरायो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ६२ रन बनायो । उसका लागि मार्टिन गुप्टिलले ३६ तथा मनिश पाण्डेले ३० रन बनाए । यस्तै कप्तान केन विलियम्सनले २८ र विजय शंकरले २५ रन थपे । यस्तै मोहम्मद नावीले २० रन बनाए ।

नेपाली बलर सन्दिप लामिछाने विना नै मैदानमा उत्रिएको दिल्लीका लागि बलिङमा पउलले तीन तथा इसान्त शर्माले दुई विकेट लिए ।

जवाफमा दिल्लीले १९ ओभर ५ बलमा ८ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

निकै बलियो सुरुवात गरेको दिल्लीले पहिलो विकेटका लागि ६६ रनको साझेदारी गरेको थियो । तर शिखर धवन आउट हुँदा ६६ रन बनाएको दिल्लीले त्यसपछि अरु ४७ रन जोड्दा थप ४ विकेट खेर फाल्यो । त्यसमा पनि अफगानिस्तानी बलर रासिद खानले एकै ओभरमा दुई विकेट लिएपछि खेलमा हैदरावादले दबाव दिएको थियो ।

दिल्लीका लागि पृथ्वी श ले ५६ रन बनाउँदा शिखर धवनले १७ तथा कोलीन मुर्नोले १४ रन बनाए । उसका अक्सर पटेलले खाता खोल्न सकेनन् भने कप्तान श्रेयस ऐयरले ८ रनमात्र बनाए । एक सय दिल्लीका लागि २१ बलमा ४१ रन चाहिएकोमा रिशव पन्तले थप्मीको ओभरमा २१ रन प्रहार गर्दै टिमलाई खेलमा फर्काए । उनले थम्पीको ओभरमा दुई चौका र दुई छक्का प्रहार गरे । तर पन्तले २१ बलमा ४९ रन बनाए । जसमा दुई चौका र ५ छक्का सामेल थियो ।

अन्तिम तीन बलमा दुई रन चाहिएको अवस्थामा दिल्लीले अर्को विकेट गुमायो । अमित मिश्रा क्रिकेटमा विरलै प्रयोग हुने अब्सर्टटिङको नियमका आधारमा आउट भए । तर अन्तिममा किमो पउलले चौका प्रहार गरेर टिमलाई जित दिलाए । अब दिल्लीले फाइनल प्रवेशका लागि चेन्नेईसँग खेल्नेछ ।