९ मंसिर २०८१, आईतवार
भ्रष्टाचार सहितका अभियोग लागेका ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमेअरले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।
टेमेअरमाथि भ्रष्टाचार तथा आपराधिक समूहको नेतृत्व गरेकोलगायत ६ वटा गम्भीर अभियोग अदालतमा दर्ता भएको थियो ।
प्रहरीले उनलाई साओ पाउलोस्थित संघीय प्रहरीको हिरासतमा राखेको छ ।
पूर्व राष्ट्रपति मिसेल टेमेअर गत मार्च महिनामा पनि चार दिन हिरासतमा राखिएका थिए ।
तर उनले हालेको बन्दी प्रत्यक्षीकरण रिट जारी भएपछि उनी हिरासत मुक्त भएका हुन् ।
बुधवार एउटा अदालतले उनलाई पुनः जेल चलान गर्न आदेश दिएको थियो । अदालतको आदेशसँगै त्यसको सम्मान गर्दै उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् ।
आफूमाथि लागेका सबै आरोपहरू अस्वीकार गर्दै आएका पूर्व राष्ट्रपति टेमेअरले अदालतको आदेश खेदजनक भएको टिप्पणी गरेका छन् ।
त्यस निर्णयविरूद्ध माथिल्लो अदालतमा जाने उनको भनाइ छ ।
भ्रष्टाचारको अनुसन्धानका क्रममा लुला दा सिल्भापछि गिरफ्तार हुने उनी ब्राजिलका दोस्रा पूर्व राष्ट्रपति हुन्।