९ मंसिर २०८१, आईतवार
एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोनाले जित निकलेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई २–० गोल अन्तरले हराएको हो । घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन खेलको ३९ औँ मिनेटमा अर्टुरो भिदालले सुरुवाती अग्रता दिलाए ।
बार्सिलोनाले एक गोल उपहार पाएको थियो । खेलको ८९ औं मिनेटमा गेटाफेका डिज्ने डकोनामले आत्मघाती गोल गरेका थिए । यो जितसँगै लिग च्याम्पियन बार्सिलोनाले ३७ खेलमा ८६ अंक जोडेको छ । पराजित गेटाफेको ५८ अंक छ ।