९ मंसिर २०८१, आईतवार
दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन माइल दक्षिणमा विमान दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको छ ।
विमान बिहीवार साँझ साढे ७ बजे दुर्घटना भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
यूकेमा दर्ता गरिएको डी ए ४२ विमानमा तीन ब्रिटिश तथा एक दक्षिण अफ्रिकी नागरिकको मृत्यु भएको यूएईका अधिकारीहरूले बताएका छन् ।
विमान ४ जना सवार थिए । वेस्ट ससेक्सस्थित शरम विमानस्थलबाट सञ्चालित फ्लाइट क्यालिब्रेशन सर्भिसेज नामक कम्पनीको स्वामित्वमा रहेको सो चारसिटे विमानमा चालक र सहचालकबाहेक दुई यात्रु सवार थिए ।
दुर्घटनाबारे छानबिन थालिएको यूएईको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।