९ मंसिर २०८१, आईतवार
एजेन्सीः अफ्रिकी मुलुक चाडको पूर्वी क्षेत्रमा विद्रोही समूह बोको हरामका कार्यकर्ताले गरेको हमलामा १३ जना गाउँलेको मृत्यु भएको छ ।
सेलिया गाउँमा आइतबार बिहान बोको हरामको आक्रमणमा स्थानीय प्रमुख र उनको परिवारसहित १३ जनाको मृत्यु भएको चाडका प्रान्तीय अधिकारी डिमोया सोयपेबेले जानकारी दिए ।
आक्रमणको सूचना पाउँदासमेत सरकारी सेना समयमै घटनास्थल नपुगेको स्थानीयले गुनासो गरेका छन् । चाडको उच्च सैनिक नेतृत्वले सेलिया गाउँमा सैनिक परिचालन गरिएको र लडाकुको खोजी सुरु गरिसकेको जनाएको छ ।
नाइजेरियामा कट्टरपन्थी इस्लामिक शासनको माग गर्दै आन्दोलनमा होमिएको बोको हरामले पछिल्लो समय नाइजेरियाका उत्तरपूर्वी मुलुकमा हिंसात्मक गतिविधिलाई तीव्र बनाएको छ ।
बोको हरामको गतिविधि नाइजर, चाड र क्यामरुनमा पनि विस्तार भएको छ । बोको हरामको आक्रमणमा २७ हजारको मृत्यु भएको छ भने झन्डै २० लाख मानिस विस्थापित भएका छन् ।