खेल खेलाउँदै गर्दा रेफ्रीको निधन

होमल्याण्ड खबर

२०७६ जेष्ठ ७ गते, मंगलवार १०:३२ मा प्रकाशित

खेल खेलाउँदै गर्दा हृदयघात भएका रेफ्रीको निधन भएको छ ।

बोलिभियन रेफ्री भिक्टर ह्युगो हुर्टाडोको खेल खेलाउने क्रममा हृदयघात भएपछि अस्पतालमा निधन भएको हो ।

बोलिभियन लिगअन्तर्गत अल्वेज रेडी र ओरीएन्टे पेट्रोलेरोको खेल चलिरहेको अवस्थामा ४७ औं मिनेटमा ह्युगो एक्कासी उत्तानो परेर लडेका थिए ।

अल्वेज रेडीका टिम डाक्टर एरिक कोस्ज़िनेरका अनुसार उनलाई मैदानमा छँदै हृदयघात भएको हो । ३१ वर्षीया ह्युगोलाई अस्पताल लगेपछि भने गम्भीर हृदयघात भएको थियो । डाक्टरहरुले त्यसपछि भने उनलाई बचाउन सकेनन् ।

खेल झन्डै ४ हजार मिटर उचाईमा रहेको म्युनिसीपल रंगशालामा खेलिएको खेलमा ह्युगो मैदानमा लड्दा खेल गोलरहित बराबरीमा चलेको थियो ।

त्यसपछि सुरु भएको खेलमा अल्वेज रेडीले पेट्रोलेरोलाई ५–० ले हराएको थियो ।

बोलिभिया फुटबल संघका अध्यक्ष इभो मोरालेसले ट्वीट गर्दै शोकसन्तप्त परिवारप्रति श्रद्दान्जली अर्पण गरेका छन् ।

संघले राष्ट्रिय फुटबलमा ७ दिनको लागि शोक प्रस्ताव राखेको छ ।