९ मंसिर २०८१, आईतवार
स्मार्टफोन निर्माता हुवावे टेक्नोलोजिजका लागि गुगलका तर्फबाट एन्ड्रोइडको प्रयोगमा लगाइएको प्रतिबन्ध हटेको छ । युएस कमर्स डिपार्टमेन्टले उक्त प्रतिबन्धको आदेश केही समयका निम्ति स्थगन गरेको हो ।
हाललाई अमेरिकाले वर्तमान ग्राहकहरूलाई सहज पार्ने उद्देश्यले ह्वावेईविरुद्ध प्रविधि हस्तान्तरणसम्बन्धी कडा नियम लागु गर्ने कार्य तीन महिनाले पछि सारेको छ ।
प्रतिबन्ध लगाउँदा ‘युएसका कम्पनी अब चिनियाँ कम्पनी हुवावेका साथ बिजनेस गर्न सक्दैन’ भनिएको थियो । त्यसपछि गुगलले पनि उक्त कम्पनीको एन्ड्रोइड लाइसेन्स रद्द गरिदिएको थियो । अहिले पुनः हुवावेले मौजुदा लाइसेन्सबाटै आफ्नो सेवा पहिलाजसरी नै प्रवाह गर्न सक्ने बताइएको छ ।