१ मंसिर २०८१, शनिबार
भारतीय विदेशमन्त्री तथा भाजपाकी नेतृ सुषमा स्वराजले भारतीय जनतालाई धन्यवाद दिएकी छन् ।
लोकसभा चुनावको मतपरिणाम अनुसार भाजपा अग्र स्थानमा आएपछि उनले प्रधानमन्त्री नरेन्द्र मोदी र सम्पूर्ण भारतीय जनतालाई धन्यवाद दिएकी हुन् ।
उनले सामाजिक संजाल ट्विटर मार्फत ट्विट गर्दै भनेकी छन्, ‘प्रधानमन्त्री नरेन्द्र मोदी जी, भारतीय जनता पाटीलाई ठूलो सफलता दिलाउन सफल भएकोमा अभिनन्दन गर्दछु । साथै सम्पूर्ण देशवासीहरुलाई कृतज्ञता व्यक्त गर्दछु ।’
बिहीबार बिहानबाट सुरु भएको मतगणना दिउँसो १२ः३० बजेसम्म आइपुग्दा भाजपा ३४३, कंग्रेस ९० र अन्य दल १०९ सिटमा अगाडि देखिएका छन् ।