९ मंसिर २०८१, आईतवार
अर्थमन्त्री डा. युवराज खतिवडाले बेलायतका अन्तर्राष्ट्रिय विकास विभाग मन्त्री बरोनबीच भेटवार्ता भएको छ ।
अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री, राजनीति स्थिरतासँगै विकासको गति र आर्थिक समृद्धिका भावी रणनीतिका बारेमा छलफल भएको हो । भेटमा अर्थमन्त्री खतिवडाले मुलुकमा राजनीतिक स्थिरतासँगै वर्तमान सरकार आर्थिक समृद्धिको बाटोमा अगाडि बढेको बताउँदै हालै सम्पन्न लगानी सम्मेलनमा बेलायती सरकारको तर्फबाट सदासयता देखाएकोमा खुसी व्यक्त गरेका छन् ।
बेलायती सरकार द्वीपक्षीय दातृ निकायहरुमध्ये सबभन्दा ठूलो दातृ निकाय भएकोमा धन्यावद दिँदै आगामी दिनमा पनि सहायता निरन्तरता रहने, वैदेशिक सहायता नीति राष्ट्रिय आवश्यकता र प्राथमिकतामा आधारित हुने गरी सहज बनाउनेतर्फ सरकार सजग रहेको प्रस्ट पार्दै मन्त्री खतिवडाले कृषिमा आधारित उद्योग, पर्यटन, जलविद्युत र भौतिक पूर्वाधारका क्षेत्रमा लगानी आवश्यक रहेको भन्दै सरकारको ध्यान केन्द्रित बताए ।
भेटमा बेलायती मन्त्रीले दोहोरो कर प्रणाली मुक्ति सम्बन्धी सम्झौता निर्माणको चरणमा रहेको बताए । नेपाल संघीयता कार्यान्वयनको चरणमा रहेको भन्दै बेलायती सरकार सहकार्य र सहयोग गर्ने प्रतिबद्ध रहेको बताए । नेपालको आर्थिक समृद्धिको निम्ति बेलायत सरकार सहयोगका लागि सदैव तत्पर रहेको उनको धारणा थियो ।
प्रस्तावित वैदेशिक सहायता नीतिले गैरसरकारी संस्थालाई समेत समेट्ने विश्वास व्यक्त गरे । भेटमा बेलायती मन्त्रीले नेपालबाट समावेशीताको सिको विश्वले गर्नुपर्ने भन्दै सफल रुपमा सघीयता कार्यान्वयनको चरणको प्रशंसा गरे ।