न्युजील्यान्डसँग ६ विकेटले भारत पराजित

होमल्याण्ड खबर

२०७६ जेष्ठ १२ गते, आईतवार १३:१८ मा प्रकाशित

न्युजील्यान्डविरुद्धको पहिलो अभ्यास खेलमा भारत पराजित भएको छ ।

क्रिकेट विश्वकपमा आफ्नो पहिलो खेल खेल्नसअघि न्युजील्यान्डविरुद्ध खेलेको भारतीय टोली ६ विकेटले पराजित भएको हो ।

३९.२ ओभरमा जम्मा १७९ रन बनाएर अल आउट भएको भारतको लागि रवीन्द्र जडेजा र कुलदीप यादवले नवौं विकेटका लागि ६२ रन जाड्नु वाहेक अन्य खेलाडिले राम्रो स्कोर बनाउन सकेनन् ।

न्युजील्यान्डका फास्ट बलर ट्रेन्ट बोल्टले ६ ओभरमा तीन विकेट हार पारेर भारतको ब्याटिङ अर्डर तहसनहस पारे ।

न्युजील्यान्डले १७९ रनको लक्ष्य सहजै पार गरेको थियो ।