१ मंसिर २०८१, शनिबार
एजेन्सीः भाजपा नेताको गोली हानी हत्या गरिएको छ ।
भारतको उत्तर प्रदेशमा शनिबार राति ११ बजे भाजपाका मेठीको बाराउलिया गाउँका पूर्वप्रमुख (स्थानीय नेता) सुरेन्द्र सिंहको गोली हानि हत्या गरिएको हो ।
भारतीय लोक सभा चुनावमा उत्तर प्रदेशको अमेठीबाट कंग्रेस अध्यक्ष राहुल गान्धीलाई हराएर भाजपा नेतृ स्मृति इरानी विजयी भएको क्षेत्रमा उनलाई गोली हानीएको भारतीय संचारमाध्यमहरुले बताएका छन् ।
इरानीसँग निकट सम्बन्ध भएका भाजपा नेता सुरेन्द्र सिंह गोली लागेर घाइते भएको र उपचारका लागि लखनऊ पुर्याएपनि उनी बाँच्न सफल नभएको बताइएको छ ।
उनको हत्या पारिवारिक कारणले भएको हो कि त्यसका पछि कुनै राजनीतिक कारण छ भन्नेबारेमा खुलिनसकेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न केहीलाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ ।