९ मंसिर २०८१, आईतवार
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प जापानका नयाँ सम्राट नारुहितोलाई भेट्ने पहिलो विदेशी नेता बन्नु भएको छ ।
नारुहितो र ट्रम्पबीच
टोकियो दरबारमा सोमबार भेटवार्ता
भएको जापानी अधिकारीहरुले
जानकारी दिएका छन् ।
त्यसअवसरमा जापानी सेनाले ट्रम्पलाई
उच्च सम्मान प्रकट
गरेको थियो ।
त्यतिबेला ट्रम्पले कालो कोट
र रातो टाई
लगाउनु भएको थियो
भने जापानी सम्राटले
उज्यालो निलो टाई
लगाउनु भएको थियो
।
भेटमा जापानी साम्राज्ञी र अमेरिकी प्रथम महिला मेलानीया ट्रम्प पनि सहभागी हुनुहुन्थ्यो ।
जापानी साम्राज्ञी मासाकोले सेतो टोपी र ज्याकेट लगाउनु भएको थियो भने मेलानीयाले सेतो कपडा र अग्लो रातो हिल लगाउनु भएको थियो ।
राजप्रासादमा दुई नेताबीच झण्डै ५० मिनेट भेटवार्ता भएको थियो ।