९ मंसिर २०८१, आईतवार
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ र अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनबीच भेटवार्ता भएको छ ।
उपराष्ट्रपति पुनले स्थानीय समय अनुसार सोमबार अपरान्ह १२ बजे राष्ट्रपति भवन होफवर्गमा अष्ट्रियाका राष्ट्रपति बेलेनसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।
भेटमा दुई देशको सम्बन्ध र आपसी सहयोग तथा सहकार्यका विभिन्न विषयमा छलफल भएका छन् ।
भेटमा उपराष्ट्रपति पुनले नेपाल र अष्ट्रिया मित्रवत् मुलुक भएको बताउँदै दुई देशबीचको सम्बन्ध थप प्रगाढ बन्दै आइरहेको बताए ।
उपराष्ट्रपतिले नेपालसँग विभिन्न पक्षमा अष्ट्रियाले गर्न खोजिरहेको सहकार्यप्रति खुशी व्यक्त गरे ।
भेटमा अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनले अष्ट्रिया र नेपालबीच धेरै कुरामा समानता रहेको बताए ।
भेटमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, उपराष्ट्रपतिका निजी सचिव सुकबहादुर रोका, अष्ट्रियाका लागि नेपाली राजदूत प्रकाश कुमार सुवेदी, परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौड्याल समेत सहभागी थिए ।