९ मंसिर २०८१, आईतवार
एजेन्सीः हंगेरीको राजधानी बुडापेस्टको डेन्यूब नदीमा डुंगा पल्टिँदा कम्तीमा सात जनाको मृत्यु भएको छ, भने १९ जना बेपत्ता भएका छन् ।
समाचार संस्था एमटीआईका अनुसार, डुंगामा ३३ जना मानिसहरु थिए । ती मध्ये धेरै दक्षिण कोरियाका पर्यटक थिए । त्यो डुंगालाई अर्को डुंगाले ठक्कर दिएको थियो । यो दुर्घटना स्थानीय समय अनुसार रातिको १० बजे भएको हो ।
डुबेको डुंगालाई हेबलेनी को रुपमा पहिचान गरिएको छ । डुंगामा ४५ जनाको क्षमता रहेको अधिकारीहरुले जनाएका छन् ।
दक्षिण कोरियाको विदेश मन्त्रालयले १९ जना कोरियाली नागरिक हराइरहेको र उद्धारका लागि एक टोली पठाइने बताएको छ ।
अहिले डेन्यूब नदीमा हराइरहेका मानिसहरुको खोजी कार्य जारी छ र डेन्यूब नदीको दक्षिणमा डुंगा पनि चलेका छैनन् ।