९ मंसिर २०८१, आईतवार
इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज आइतबार एक खेल हुँदैछ ।
आइतबार हुने एक मात्र खेलमा दुई उपाधि दाबेदार क्लब अष्ट्रेलिया र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।
यी दुई टोलीको खेल इंग्ल्यान्डको द ओभलमा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ ।
दुवै टोली जित निकाल्दै आफ्नो जितको यात्रा कायम राख्न चाहन्छ । दुवै टिम जित निकाल्दै आफुलाई उपाधि दाबेदार प्रमाणित गर्न चाहन्छ ।
अष्ट्रेलिया लगातार तेस्रो खेलमा जित हात पार्ने लक्ष्यमा हुनेछ भने भारत दोस्रो जित हात पार्ने दाउमा छ ।
दुई टोलीबीचको पछिल्लो ५ भेटमा अष्ट्रेलियाले ३ खेल जितेको छ ।
भारतले २ खेलमा जित निकालेको छ । पछिल्लो तीन खेलमा अष्ट्रेलियालाई भारतले हराउन सकेको छैन ।
अष्ट्रेलिया टिम
आरोन फिन्च (कप्तान), स्टिभन स्मिथ, डेभिड वार्नर, ग्लेन म्याक्श्वेल, जासन बेहरेन्डोरफ, नाथन काउल्टर नाइल, उस्मान खावजा, साउन मार्स, केन रिचार्डसन, मिचेल स्टार्क, एलेक्स क्यारी, पट कुम्मिन्स, नाथन लियोन, मार्कुस स्टोइनिस र एडम जाम्पा ।
भारत टिम
विराट कोहली (कप्तान) रोहित शर्मा, युजभिन्द्र चाहाल, मेहन्द्रसिंह धोनी, केदार जाधव, कुलदीप यादव, मोहम्मद शामी, केएल राहुल, जस्प्रित बुमराह, शिखर धवन, रविन्द्र जडेजा, दिनेश कार्थिक, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या, विजय शंकर ।