९ मंसिर २०८१, आईतवार
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत अहिले पाकिस्तान र दक्षिण अफ्रिका भिड्दैछन् । लर्डस् क्रिकेट मैदानमा पाकिस्तानले टस जितेको छ र पहिले ब्याटिङ गर्ने भएको छ । दक्षिण अफ्रिका केही बेरमा पाकिस्तानविरुद्ध बलिङ थाल्नेछ ।
आजको खेलमा दुबै टोली जित निकाल्ने योजनामा छन् । पाकिस्तान दोस्रो जितको खोजिमा रहनेछ । पाँच खेलबाट एक जित, एकमा बराबरी र तीनमा हारसँगै पाकिस्तान नवौं स्थानमा छ ।
यता, दक्षिण अफ्रिकाको सेमिफाइनल यात्रा निकै कठिन छ भने आजको खेलमा पराजित भए पाकिस्तानको समेत आगामी यात्रा कठिन हुनेछ ।