९ मंसिर २०८१, आईतवार
एजेन्सी । ब्राजिलमा जारी कोपा अमेरिकामा कोलम्बियाले लगातार तेस्रो जित निकालेको छ । सोमबार बिहान भएको समूह चरणको अन्तिम खेलमा कोलम्बियाले पाराग्वेलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
कोलम्बियालाई जित दिलाउन कार्लोस क्विरोजले एकमात्र निर्णायक गोल गरे । उनले खेलको ३१ औँ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बन्यो ।
कोलम्बियाले खेलको दोस्रो हाफमा गरेको गोललाई रेफ्रीले मान्यता दिएनन् । समूह ‘बी’ को कोलम्बिया शतप्रतिशत जित निकाल्दै ९ अंकसहित समूह विजेताको रुपमा क्वाटरफाईनल प्रवेश गर्यो ।