९ मंसिर २०८१, आईतवार
अमेरिकाले इरानविरुद्ध थप नाकाबन्दीका घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा नाकाबन्दी लगाएको बताएका छन् ।
अमेरिकाले घोषणा गरेको नयाँ नाकाबन्दीमा इरानी सर्वोच्च नेता आयातुल्लाह अलि खमेनीको समेत रहेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले इरानी सेनाले अमेरिकी ड्रोन खसालेको प्रतिक्रियामा नयाँ नाकाबन्दी लगाएको घोषणा गरिएको बीबीसीले जनाएको छ ।
राष्ट्रपति ट्रम्पले इरानी शासनको उत्तेजक व्यवहारका लागि सर्वोच्च नेता खमेनी सबैभन्दा बढी जिम्मेवार रहेको भन्दै उनीविरुद्ध त्यस्तो कदम चालिएको बताएका छन् ।
इरानका विदेश मन्त्री जावेद जारिफले अमेरिकाले थप प्रतिबन्ध लगाएर कूटनीतिक दमन गरेको बताएका छन् ।
केही सातायता इरान र अमेरिकाबीच तनाव चर्किएको छ ।
अमेरिकाले इरानी सेनाका ८ उच्च अधिकारीमाथि नयाँ नाकाबन्दीमा राखिएको जनाएको छ । त्यसैगरी इरानका अर्बौं अमेरिकी डलर बराबरको सम्पत्ति समेत रोक्का गरिएको छ ।