काबुलमा शक्तिशाली विस्फोटः कम्तीमा ३४ को मृत्यु

होमल्याण्ड खबर

२०७६ असार १७ गते, मंगलवार २०:०० मा प्रकाशित

अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान भएको शक्तिशाली विस्फोटमा परी कम्तीमा ३४ जनाको मृत्यु भएको छ । यस्तै विस्फोटमा अन्य ६८ जना घाइते भएका छन् । विस्फोटमा घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ ।

टोलो समाचार समितिका अनुसार विस्फोटपछि आक्रमणबारीहरु एक निर्माणाधीन भवनमा लुकेका थिए । सोही स्थानमा सुरक्षाबल र आक्रमणकारीबीच दोहोरो गोली हानाहानसमेत भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

निर्माणाधीन भवनमा दोहोरो गोली हानाहानपछि पुगेका सुरक्षाकर्मीले घर हेला हालेर स्थिति नियन्त्रणमा लिएको जनाइएको छ ।

विस्फोटक पदार्थ बोकेको एक कार राजधानी काबुलमा विस्फोटन भएको हो ।

तालिवानीले घटनाको जिम्मेवारी लिँदै अफगान सैनिकलाई लक्षित गरेर आक्रमण गरेको जनाएको छ ।