९ मंसिर २०८१, आईतवार
एजेन्सीः मलेसियामा मंगलबारदेखि सुरु भएको एसीसी यु–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता अन्तर्गत् सुरूको खेलमा सिंगापुरद्वारा चीन पराजित भएको छ ।
सिंगापुरले विजयी प्राप्त गर्दै चीनलाई ८ विकेटले पराजित गरेको हो ।
उद्घाटन खेलमा टस हारेर ब्याटिङ गरेको चीनले २३ ओभरमा सबै विकेट गुमाउँदै अन्ततः २८ रन मात्रै बनायो ।
सिंगापुरले २९ रनको विजयी लक्ष्य ६.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।
सिंगापुरका लागि साई हर्ष बेनुगोपालले अविजित १५ रन र विनित चेतेस मेहताले ११ रन बनाए । बलिङतर्फ चीनका टियान सेन कुनले २ विकेट लिए ।
यसअघि, ब्याटिङ गर्नेक्रममा चीनका सात ब्याट्सम्यान शून्य रनमा आउट भए ।
वेई गुइलीले सर्वाधिक ७ रन बनाए ।
चीनलाई न्यून स्कोरमा समेट्नेक्रममा सिंगापुरका विनित चितेस मेहताले ७ विकेट लिए ।
सात राष्ट्र सहभागी प्रतियोगिताको समूह ‘ए’मा नेपालसहित चीन र सिंगापुर छन् भने समूह ‘बी’मा आयोजक मलेसियासँगै, भुटान, हङकङ र थाइल्यान्ड छन् ।
प्रतियोगिताको विजेता सिंगापुरले अब श्रीलंकामा आयोजना हुने यु–१९ एसिया कप खेल्नेछ ।