जर्मनीले नेपाल सरकारलाई ३ अर्ब अनुदान दिने

होमल्याण्ड खबर

२०७६ असार १९ गते, बिहीबार १४:४३ मा प्रकाशित

जर्मन सरकारले नेपाललाई करिब ३ अर्ब ४ करोड रुपैयाँ अनुदान दिने भएको छ ।

जर्मन सरकारले नवीकरणीय उर्जा कार्यक्रम, मातृ शिशु स्वास्थ्य सेवा र दिगो आर्थिक विकास कार्यक्रम सम्बन्धी क्षेत्रको लागि सो रकम नेपाललाई दिन लागेको हो ।  नेपाल  सरकार र जर्मनी सरकारबीच असार २० गते सहायता सम्बन्धी हस्ताक्षर गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ ।