९ मंसिर २०८१, आईतवार
एजेन्सीः ट्युनिसियाको समुद्री इलाकामा बुधबार राति डुंगा पल्टिएको छ । सो दुर्घटनामा ८० जना आप्रवासीको मृत्यु भएको आशंका गरिएको छ ।
दुर्घटनाग्रस्त डुंगा भूमध्यसागर तरेर इटली जाँदै गरेको उक्त डुंगामा सवार अन्य ४ जनालाई स्थानीय माझीहरूले चार जनालाई बचाएका थिए तर एक जनाको पछि मृत्यु भएको बताइएको छ ।
संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायले दुर्घटनामा बचेका मानिसलाई उद्धृत गर्दै बिहीबार यसको जानकारी दिएको हो ।
दुर्घटनामा बचेका तीनमध्ये दुईलाई शेल्टर होममा राखिएको छ । उनीहरूसँग सोधपुछ चलिरहेको छ । एकजनाको उपचार अस्पतालमा भइरहेको छ ।