९ मंसिर २०८१, आईतवार
पाकिस्तानमा यात्रु वाहक र माल वाहक रेल अपसमा ठोक्किदा ११ यात्रुको मृत्यु भएको छ भने अन्य ६० जना घाइते भएका छन् ।
पाकिस्तानको पूर्वी पन्जाब प्रान्तमा तिब्र गतिमा रहेको यात्रु रेलले माल वाहक रेललाई ठक्कर दिँदा उक्त दुर्घटना हुन पुगेको हो ।
रेडियो पाकिस्तानका अनुसार यो दुर्घटना पन्जाब प्रान्तको सादिकाबाद वल्हर रेलवे स्टेशनमा भएको थियो । क्वेटा जाने अकबर एक्सप्रेसले वल्हर रेलवे स्टेशनमा रोकिराखेको माल वहाक रेलमा ठक्कर दिएको र यत्रुवाहक रेल तिब्र गतिमा गतल ट्याकमा रहेकाले उक्त दुर्घटना हुन पुगेको थियो ।
जिल्ला पुलिस अधिकारी (डीपीओ) का अनुसार मृत्यु हुनेमा ११ महिनाको एक बच्चा १ महिला र अन्य पुरुष रहेका छन् ।
दुर्घटनाप्रति पाकिस्तान रेली मन्त्री शेख रशीद अहमदले दुःख व्यक्त गरेका छन् ।