९ मंसिर २०८१, आईतवार
(बीबीसी) जापानको क्योटोस्थित एनिमेसन स्टुडियोमा भएको एक शंकास्पद आक्रमणमा मृत्यु हुनेको संख्या २३ पुगेको छ । स्थानीय मिडियाका अनुसार एक जना मानिस बिहीबार बिहान क्योटो एनिमेसन स्टुडियोमा छिरेर अज्ञात तरल पदार्थ छर्केका थिए । त्यसपछि उनले आगो सल्काएका थिए ।
दर्जनौ मानिस सो घटनाबाट घाइते भएका छन् । नाम उल्लेख नगरिएका शंकास्पद आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई केही चोट भएकोले अस्पताल लगिएको छ ।
एनएचकेले जनाएअनुसार १०:३० बजेतिर सो भवनमा आगो लगाइएको थियो । तीन तले सो भवनमा उद्धारको कार्य जारी रहेको जनाइएको छ । सो क्षेत्रका नजिकका मानिसले श्रृंखलाबद्ध विस्फोटको घटना समेत सुनेको बताएका थिए ।