९ मंसिर २०८१, आईतवार
एजेन्सी । इन्टरनेसनल
च्याम्पियन्स कप फुटबलमा
प्रिमियर लिग क्लब
आर्सनलले दोस्रो जित निकालेको
छ । शनिबार
राति भएको खेलमा
आर्सनलले फ्लोरेन्टिनालाई ३–०
गोल अन्तरले पराजित
गरेको हो ।
आर्सनललाई जित दिलाउन
एडि निकेयाहले दुई
गोल गरे ।
त्यस्तै आर्सनलका जोस विलोकेले
एक गोल गरे
। खेलको १५
औं मिनेटमा निकेयाहले
गोल गर्दै आर्सनललाई
सुरुवाती अग्रता दिलाए ।
त्यस्तै खेलको ६५ औँ मिनेटमा निकेतेहले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रतालाई दोब्बर पारे । खेलको ८९ औँ मिनेटमा विलोकेले गोल गर्दै आर्सनललाई ३–० को सहज जित दिलाए । आर्सनलले पहिलो खेलमा वायर्न म्युनिखलाई पराजित गरेको थियो ।