स्पोर्टीङ सिपीसँग लिभरपुल बराबरीमा रोकियो

होमल्याण्ड खबर

२०७६ श्रावण ९ गते, बिहीबार १०:३० मा प्रकाशित

प्रि–सिजन टुर अन्तर्गत अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा लिभरपुल स्पोर्टीङ सिपीसँग बराबरीमा रोकिएको छ ।

न्युयोर्कको यान्की स्टेडियममा बिहिबार बिहान इंग्लिस क्लब लिभरपुल पोर्चुगिज क्लब स्पोर्टीङसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

लिभरपुलका लागि डिभोक ओरोगी र जर्जियानो विजनाल्डमले एक एक गोल गरे । यस्तै, स्पोर्टीङका लागि ब्रुनो फर्नान्डेज र विन्डेलले एक एक गोल गरे ।

खेलको पाँचौं मिनेटमा फर्नान्डेजले गोल गर्दै स्पोर्टीङलाई सुरुवाती अग्रता दिलाएका थिए । २० औं मिनेटमा ओरोगीले गोल गर्दै लिभरपुललाई खेलमा फर्काए । ४५ औं मिनेटमा विजनाल्डमले गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाए ।

 तर, ५४ औं मिनेटमा स्पोर्टीङका विन्डेलले गोल गरेपछि खेल २–२ को बराबरीमा सकियो ।