पाकिस्तानले सधैंका लागि रेलसेवा बन्द गरेपछि दिल्ली ल्याइयो ‘सम्झौंता एक्सप्रेस’

होमल्याण्ड खबर

२०७६ श्रावण २४ गते, शुक्रबार १२:२५ मा प्रकाशित

एजेन्सीः पाकिस्तानका रेल मन्त्री शेख राशिदले भारत र पाकिस्तानमा भल्ने रेलसेवा सधैंका लागि बन्द गरेको घोषणा गरेपछि ‘सम्झौंता एक्सप्रेस’ नामको रेल दिल्ली ल्याइएको छ ।

पाकिस्तानको लाहोरमा रहेको उक्त ‘सम्झौंता एक्सप्रेस’ भारतीय रेल्वेका कर्मचारीहरु पुगेर दिल्ली ल्याएका हुन् । उनीहरुले लाहोरबाट साढे ४ घण्टा लगाएर दिल्लीमा रेल ल्याइपुर्याएको भारतीय संचारमाध्यमहरुले बताएका छन् ।

दिल्ली आइपुगेको उक्त रेलमा ११७ यात्रुहरु रहेको जसमा ४८ पाकिस्तानी रहेको बताइएको छ ।