१० मंसिर २०८१, सोमबार
एजेन्सीः पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबार पाकिस्तानी कश्मिरको भ्रमण गरेका छन् ।
भारत सरकारले भारत प्रशासित जम्मु कश्मिरको विशेष मान्यता खारेज गरेसँगै आणविक शक्तिसम्पन्न दुवै मुलुकबीच तनावको स्थिति भएको समयमा उनले कश्मिर भ्रमण गरेका हुन् ।
प्रधानमन्त्री खानले काश्मिर भ्रमणपश्चात् नयाँ नीति घोषणा गर्ने सम्भावना रहेको संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
पाकिस्तानले भारतीय कदमका सम्बन्धमा आपत्कालीन बैठक डाक्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्समक्ष औपचारिक अनुरोध गरिसकेको छ ।
पाकिस्तानले भारतीय राजदूतलाई फिर्ता गरेको छ भने दुईदेशीय व्यापार रोक्नुका साथै सीमा वारपार यातायात सेवा बन्द गरेको छ ।