यूरो छनोटमा स्पेन विजयी

होमल्याण्ड खबर

२०७६ भाद्र २० गते, शुक्रबार ११:५२ मा प्रकाशित

एजेन्सी । यूईएफए यूरो छनोटमा स्पेनले रोमानियालाई हराएको छ । आज बिहान सम्पन्न छनोट अन्तर्गत समूह एफको खेलमा स्पेनले रोमानियालाई २–१ ले हराएको हो ।

स्पेनको जितमा सर्जियो रामोस र पाको अल्केसरले गोल गरे । २९ औं मिनेटमा रामोसको गोलबाट अग्रता लिएको स्पेनलले ४७ मिनेटमा दोस्रो गोल गरेको थियो । स्पेनको अग्रता २–० मा पुर्याउन पाकोले गोल गरे ।

घरेलु टोली रोमानियाका लागि ५९ औं मिनेटमा फ्लोरिन एन्डोन एक गोल फर्काएर खेलमा फर्किने प्रयास गरे पनि जित निकाल्न भने सकेनन् । खेल सकिन ११ मिनेट बाँकी रहँदा १० खेलाडीमा सीमित भएको स्पेनविरुद्ध रोमानियाले गतिलो प्रदर्शन गर्न सकेनन् ।

डिएगो लोरेन्ट खेलको ७९ औं मिनेटमा रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिएपछि स्पेन १० खेलाडीमा सीमित भएको थियो ।