१० मंसिर २०८१, सोमबार
एजेन्सीः भारतको कर्नाटकमा विमान दुर्घटना भएको छ ।
भारतीय रक्षा अनुसन्धान एवम् विकास संगठन डिआरडिओको एउटा मानवरहित लडाकू विमान दुर्घटनाग्रस्त भएको हो ।
उक्त विमानको नाम ‘अनम्यान्ड एरियल भेहिकल’ हो । सोही विमान आज (मंगलबार) बिहान परीक्षण उडानका क्रममा दुर्घटनाग्रस्त भएको हो ।
कर्नाटकको चित्रदुर्ग जिल्लामा बिहान ६ बजे विमान दुर्घटनाग्रस्त भएको गृह मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतिय सञ्चारमाध्यमका अनुसार विमानको च्यालकेरे एरोना टिकल टेस्ट रेन्जमा आउटडोर परीक्षण गरिएको थियो ।
डिआरडिओले मानवरहित विमानको निर्माण गर्छ । दुर्घटनाका विषय थप अनुसन्धान भइरहेको डिआरडिओले जनाएको छ ।