१० मंसिर २०८१, सोमबार
पपुवा न्युगिनीलाई पराजित गर्दै नेदरल्यान्ड्सले आईसीसी टी–२० विश्वकप छनोट प्रतियोगिताको उपाधि जितेको छ ।
शनिबार राति भएको फाइनल खेलमा पपुवा न्युगिनीलाई ७ विकेटले पराजित गर्दै नेदरल्याण्डले उपाधि जितेको हो ।
पपुवा न्युगिनीले दिएको १२९ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।
नेदरल्यान्ड्सका वेन कुपरले ४१, रियान टेन डोस्याटले अविजित ३४ र कोलिन एकरम्यानले नटआउट २९ रन बनाए ।
टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२८ रन बनाएको थियो ।
पपुवा न्युगिनीका लिगा सिकाले ३९, सिसी बाउले २९ र जासन किलाले नटआउट २७ रन बनाए । अन्यले दोहरो अंकको स्कोर छुन सकेनन् ।
नेदरल्याण्डका ब्रेनडन ग्लोभरले ३ विकेट लिए ।
तेस्रो स्थानको लागि भएको खेलमा आयरल्यान्डले नामिवियालाई २७ रनले पराजित गरेको छ ।