१० मंसिर २०८१, सोमबार
बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग संघीय संसदका तर्फबाट राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले छुट्टै शिष्टाचार भेट गरेका छन् ।
चार दिने नेपाल भ्रमणमा आएका बंगलादेशका राष्ट्रपति हमिद र अध्यक्ष तिमिल्सिनाबीच आज बिहान भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति हमिद मंगलबार नेपाल आएका थिए ।
राष्ट्रपति हमिदले आजै समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।