२ मंसिर २०८१, आईतवार
नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्डले बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग भेटवार्ता गरेका छन् ।
भेटवार्ताका लागि प्रचण्ड राष्ट्रपति हमिद बसेको होटल म्यारियटमा पुगेका थिए ।
यसअघि हमिदले राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालाई भेटेका थिए ।
५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति हमिद मंगलबार नेपाल आएका थिए ।
राष्ट्रपति हमिदले आजै समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।