१० मंसिर २०८१, सोमबार
नेपाल सरकारले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको औपचारिक निम्तो पठाएको छ ।
रुसको भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणका लागि पठाएको औपचारिक निमन्त्रणा पत्र हस्तान्तरण गरेका छन्।
त्यस्तै, नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले रुसका प्रधानमन्त्री दिमयित्री मेदभेदेवलाई नेपाल भ्रमणका लागि पठाएको निमन्त्रणा पत्रमा पनि हस्तान्तरण गरेका छन्।
औपचारिक निमन्त्रणा पत्र मन्त्री ज्ञवालीले विदेशमन्त्री लाभ्रोभलाई सोमबार नै हस्तान्तरण गरेका हुन्।
प्रतिनिधिमण्डलले सोमबार रुसका विदेशमन्त्री सेर्गेइ लाभ्रोभसाग भेटवार्ता गरेका थिए । ज्ञवाली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार रुस र सर्वियाको भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका थिए।