१० मंसिर २०८१, सोमबार
बेलायतमा आज आमनिर्वाचन अन्तर्गत मतदान हुँदैछ । इंग्ल्याण्ड, वेल्स, स्कटल्याण्ड र उत्तरी आयरल्याण्डका ६५० संसदीय क्षेत्रका लागि आज मतदाताले मत दिँदैछन् ।
बेलायतमा पाँच वर्ष भन्दा कम समयमा तेस्रोपटक आमनिर्वाचन हुन लागेको हो । यसअघि सन् २०१५ र २०१७ मा पनि निर्वाचन भएको थियो ।
बेलायतको इतिहासमा झण्डै १०० वर्ष पहिलो पटक डिसेम्बरमा चुनाव हुन लागेको हो । सन् १९७४ यता पहिलो पटक जाडो याममा चुनाव हुँदैछ । अझ डिसेम्बर महिनामा चुनाव भएको त यो सन् १९२३ पछि पहिलो पटक हो ।
जीएमटी ७ बजे (नेपाली समायानुसार मध्याह्न १२ः४५ बजे) मतदान सुरु हुनेछ । राति १० बजे मतदान सकिएपछि तत्काल मतगणना शुरु हुने बीबीसीले उल्लेख गरेको छ ।
शुक्रबार बिहानसम्म अधिकांश क्षेत्रबाट परिणाम प्राप्त हुने अपेक्षा गरिएको छ ।