पाकिस्तानी पूर्व राष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको सजाय

होमल्याण्ड खबर

२०७६ पुष १ गते, मंगलवार १४:४२ मा प्रकाशित

किस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई लाहौर उच्च अदालतले मृत्युदण्डको सजाय सुनाएको छ ।

देश द्रोहको अभियोगमा अदालतले उनलाई आज मृत्युदण्डको सजाय सुनाएको हो ।

मृत्युदण्डको सजाय सुनाइएका मुसर्रफ हाल दुबईमा छन् । दुबईमा उनको उपचार भइरहेको छ ।

आफूमाथि लागेको संविधानको अवहेलना र देशद्रोहको मुद्दाबारे उनले भनेका थिए, ‘मेरो विचारमा यो निराधार छ । देशद्रोहको कुरा छाडौं, मैले त यो देशको धेरै सेवा गरेको छु, युद्ध लडेको छु र दश वर्षसम्म देशको सेवा गरेको छु ।’